बिहीबार राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

जनपत्र
३ श्रावण २०८०, बुधबार १६:४३

बिहीबार राष्ट्रियसभाको बैठक बस्ने भएको छ । संघीय संसद सचिवालयले बिहीबार दिउँसो १ बजेर १ मिनेटका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक सार्वजनिक गरेको छ ।

जसअनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयकलाई प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

त्यसपछि उद्योगमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*