कांग्रेसले प्रत्येक वडामा कम्तीमा दुई विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने

जनपत्र
२ श्रावण २०८०, मंगलवार १६:५९

नेपाली कांग्रेसले प्रत्येक वडामा कम्तीमा दुईजनालाई छात्रवृत्ति दिने प्रस्ताव ल्याएको छ ।

आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले हरेक वर्ष भदौ २९ गते पर्ने बाल दिवसको अवसरमा (कांग्रेस विपन्न छात्रवृत्ति) दिने प्रस्ताव गरेका हुन् ।

जसअनुसार कांग्रेसको प्रत्येक वडा कार्यसमितिले सामुदायिक विद्यालयमा पढ्ने कम्तीमा दुई विपन्न विद्यार्थीका लागि छात्रवृति दिने गरी अभियान सञ्चालन गर्ने प्रस्ताव गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*