७ लाख पार्टी सदस्य थप्न कांग्रेसले एक वर्षे अभियान चलाउने

जनपत्र
२ श्रावण २०८०, मंगलवार १६:५७

नेपाली कांग्रेसमा पार्टी सदस्य थप्न एक वर्षे अभियान चलाउने प्रस्ताव भएको छ । आज मङ्गलवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा साङ्गठनिक तालिका प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले यस्तो प्रस्ताव गर्नुभएको हो । आउँदो एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने उहाँको प्रस्ताव छ ।

यस्तै महामन्त्री थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टीको कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको छ । उहाँले अरू ११ महिना नेता तथा कार्यकर्ताहरू पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टीका नेता, कार्यकर्ताले त्यो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘असार महिना किसानको समय हो । हामी किसानको समस्यामा सहजीकरण गर्ने, समुदायलाई अप्ठेरो परेको बेलामा तयारी हुन्छौँ । केन्द्रीय सदस्य साथीहरूले वर्षमा जम्मा एक महिनामात्रै छुट्टी पाउनुहुन्छ । त्योभन्दा बाहेक समय कि उहाँहरू अभियानमा हुनुहुन्छ, कि उहाँहरू विभागमा हुनुहुन्छ ।’

महामन्त्री थापाले भदौ १५ गतेभित्र सबै विभागको गठन गरिसक्ने र पूर्णता दिइसक्ने कार्ययोजना पनि पेस गर्नुभएको छ । त्यस्तै समितिहरूले पनि भदौ १५ गतेसम्ममा पूर्णता पाउने प्रस्ताव छ । आ

पार्टीका सबै दस्तावेजहरू डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्ने पनि थापाको प्रस्ताव छ । यसका निम्ति काम भइरहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*