कांग्रेस कार्यसमिति बैठक : गगन थापाले पेश गरेको प्रस्तावमा के छ? (पूर्णपाठ)

जनपत्र
२ श्रावण २०८०, मंगलवार १६:५२

नेपाली कांग्रेस कार्यसमिति बैठक जारी छ।  पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा विभिन्न विषयमा प्रस्ताव भइरहेका छन्।

यसैक्रममा महामन्त्री गगनकुमार थापाले पार्टीको सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। उनले कार्यसमिति बैठक प्रत्येक दुई/दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बैठक साउन, असोज, मंसिर, माघ, चैत्र र जेठको पहिलो हप्ता बस्नुपर्नेछ।

वर्षमा न्यूनतम दुई बैठक काठमाडौं उपत्यका बाहिर बस्नेछ। यस्तै नेता थापाले विधानको धारा ३७ (१) अनुसार केन्द्रीय कार्यसमिति सदस्य प्रमुख रहेको विभागहरूको गठन हुने प्रस्ताव गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*