काँग्रेसमा २२ नयाँ विभाग थप्न प्रस्ताव

जनपत्र
२ श्रावण २०८०, मंगलवार १६:५०

नेपाली काँग्रेसमा २२ नयाँ विभाग थप्न गर्न प्रस्ताव गरिएको छ । मंगलबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापाले २२ नयाँ विभाग थप गर्ने प्रस्ताव पेस गरेका हुन् ।

कांग्रेसको विधानअनुसार यसअघि ४८ विभाग राखिएको थियो भने अब यो प्रस्ताव पारित भएमा काँग्रेसमा ७० विभाग पुग्ने भएका छन् ।

प्रस्तावित थप विभागहरूमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक–सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग, विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*