विपिनको तर्क- ‘सोचेको जस्तो रोल कहिल्यै पाइन्न’

जनपत्र
२ श्रावण २०८०, मंगलवार ०६:३५

अभिनयमा अब्बल मानिएका अभिनेता विपिन कार्की यतिबेला सफलताको उचाइँमा छन् । फिल्म व्यावसायिक रुपमा सफल होस् वा नहोस्, न उनको अभिनयको प्रशंसा हुन रोकिएको छ न त व्यस्तता घटेको छ । यस वर्ष फिल्म ‘पशुपति प्रसाद २’को छायांकन भ्याएका उनले आगामी भदौबाट फिल्म ‘ऊनको स्विटर’मा काम गर्दैछन् । उनको पाइनलाइनमा फिल्म ‘महाजात्रा’ पनि रहेको छ ।

प्रायः फिल्ममा फरक भूमिका निर्वाह गर्दै आफूलाई भर्सटायल अभिनेताको रुपमा चिनाएका विपिन कलाकारले सोचेको जस्तो रोल भने कहिल्यै नपाउने धारणा राख्छन् । आइतबार एक कार्यक्रममा उनले भने, ‘आफूले चाहेको र सोचेको जस्तो रोल कहाँ पाइन्छ र १ कलाकारले त अरुले दिएको रोलमा काम गर्ने हो । कि निर्देशन गर्नुपर्‍यो । आफूले चाहेको जस्तो रोल कहिल्यै पाइन्न होला ।’

निर्देशकको सोचलाई साकार बनाउने कोशिश आफ्नो रहने विपिनको भनाई छ । उक्त कार्यक्रममा पत्रकारले ‘तपाईंको ड्रिम रोल कस्तो हो रु’ भनेर सोधेको प्रश्नमा उनले ठट्यौली शैलीमा भने, ‘अब मेरा आउने फिल्महरुमा काम गर्ने नै मेरो ड्रिम हो ।’ ‘ऊनको स्विटर’मा विपिनको जोडी अभिनेत्री मिरुना मगरसँग बाँधिएको छ । यस अगाडि उनीहरुले फिल्म ‘लालपूर्जा’मा काम गरेका थिए ।

एकपटक फेरि मिरुनासँग काम गर्नका लागि आफू उत्साहित रहेको विपिनले बताए । ‘हामीले ‘लालपूर्जा’मा सहकार्य गरेका थियौं । फिल्ममा हाम्रो एउटा सिनमा मात्र भेट भएको थियो । यद्यपि, त्यो फिल्मबाट चिनजान भयो । अहिले हामी एकसाथ आउँदा केही उल्लेखनीय हुन्छ जस्तो लाग्दैछ,’ कार्कीले भने । आर्टमाण्डूको निर्माण रहने ‘ऊनको स्विटर’लाई नवीन चौहानले निर्देशन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*