कांग्रेस प्रचार विभागमा तीन सदस्य मनोनीत

जनपत्र
३१ असार २०८०, आईतवार १६:४३

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागमा तीन सदस्य थप हुनुभएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति शेरबहादुर देउवाले सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई मनोनयन गर्नुभएको जानकारी दिनुभयो।

केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहनुभएको सो विभागमा कांग्रेसको पार्टी विधान २०१७ बमोजिम सदस्य मनोनयन गरिएको उहाँको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*