चीनको सहयोग गफ मात्रैः सात वर्षमा ११२ अर्ब प्रतिबद्धता, ३१ अर्ब प्राप्त

सन् २०१५ /०१६ मा चीनले नेपाललाई ७३ करोड १९ लाख २१ हजार अमेरिकी डलर अर्थात करिब ७३ अर्ब रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
तर, विनाशकारी भूकम्प गएको त्यो वर्ष चीनबाट पाँच करोड ४४ लाख डलर मात्रै प्राप्त भयो। सन् २०११ /०१२ मा १२ करोड ७२ लाख डलर सहायता दिने प्रतिबद्धता गरेको चीनले जम्मा दुई करोड ८३ लाख डलर मात्रै उपलव्ध गरायो।
यसरी सात वर्षमा ११२ अर्ब रुपैयाँको प्रतिबद्धता जनाएको चीनले जम्मा ३१ अर्ब प्रदान गरेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्ट र पुष्प ढुंगानाले लेखेका छन्।