परराष्ट्रमन्त्री साउद बैंकक जाँदै

जनपत्र
३१ असार २०८०, आईतवार ०७:०८

परराष्ट्रमन्त्री एनपी साउद बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट बैठकमा सहभागी हुन आज थाइल्यान्डको बैंकक जाँदैछन् । बिमस्टेक बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास हो । यसलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थानमा भारतले अघि सारेको क्षेत्रीय संगठनको रुपमा पनि लिइन्छ ।

बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिट सोमबार हुने तय भएको छ ।

मन्त्री साउदको सचिवालयका अनुसार उनी मंगलबार फर्कने छन् ।

बिमस्टेकमा भारत, नेपाल, म्यानमार, थाइल्यान्ड, भुटान, श्रीलंका र बंगलादेश सदस्य मुलुक छन् । यसमा सार्कमा रहेका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सामेल छैनन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*