अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग छलफल गरेको तीन दिनपछि एमाले सचिवालय बैठक बस्दै

जनपत्र
३० असार २०८०, शनिबार ०६:५५

नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ । आज ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीमा कार्य विभाजनअनुसार कामको मूल्याङ्कन, स्कुल विभाग, पार्टी प्रचार र जनसङ्गठनको कामको अवस्था र अब पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुनेछ ।

गत बुधबार अध्यक्ष केपी ओली पार्टीका उपाध्यक्षसँग छलफलमा बसेका थिए । उपाध्यक्षहरूसँग उनले पार्टीको गतिविधि र आजका लागि तय सचिवालय बैठकको तयारीबारे कुराकानी गरेका थिए । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सुभासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*