प्रतिनिधिसभा बैठकमा तीन विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत

जनपत्र
२९ असार २०८०, शुक्रबार १६:५५

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन विधेयकका सन्दर्भमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरिएको छ ।

सभाका सचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गरेका हुन् ।

राष्ट्रियसभाको आजको बैठकले ती विधेयक पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३१ गते आइतबार दिनको १ बजे बस्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*