भारतीय प्रधानमन्त्री माेदीलाई फ्रान्सकाे सर्वाेच्च सम्मान

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई फ्रान्सकाे सर्वाेच्च सम्मान प्रदान गरिएकाे छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्राेँले भारतीय प्रधानमन्त्री माेदीलाई ग्रान्ड क्रस अफ द लिजन अफ अनर बाट सम्मानित गर्नुभएकाे हाे । याे फ्रान्सकाे सर्वाेच्च नागरिक सम्मान हाे ।
भारतीय प्रधानमन्त्री मोदीले याे सम्मानका लागि फ्रान्सका राष्ट्रपति म्याक्राेँलाई धन्यवाद दिनुभएकाे छ ।
भारतीय प्रधानमन्त्री दुई दिने फ्रान्स भ्रमणमा हुनुहुन्छ । भ्रमणकै क्रममा उहाँलाई याे सर्वाेच्च सम्मान प्रदान गरिएकाे हाे ।
माेदी याे सम्मान पाउने पहिलाे भारतीय प्रधानमन्त्री हुनुहुन्छ । यद्यपि विश्वभरका अरू नेताहरूले याे सम्मान पाइसकेका छन् । जर्मनीकी पूर्वचान्सलर एंगेला मर्केल, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, राजकुमार चार्ल्सलगायतले याे सम्मान पाइसकेका छन् ।







