भारतमा जन्ती बोकेको बस दुर्घटना, सात जनाको ज्यान गयो

जनपत्र
२६ असार २०८०, मंगलवार १०:५४

unn.prixa.net

भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।

आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार बस नहरमा खसेको छ । बसमा ४० जना रहेका अनुमान गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । तर, चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*