‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीतमा कालीको र्याप

असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्म मध्येको एक ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत इन्टरनेट रिलिज भएको छ । र्याप शैलीमा तयार पारिएको गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा फिचर्ड छन्, र्यापरको भूमिकामा । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् । गीतका निर्देशक विजु कर्माचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो ।
गीतको कन्सेप्ट नयाँ र फरक छ । सम्भवतः नेपाली फिल्ममा पहिलो पटक यस प्रकारको प्रयोग गरिएको हो । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्नेमा निर्माण पक्षको विश्वास छ । सुरुवाती दिनदेखि नै फरक शैलीको गीत तयार गर्दै आएका कालीलाई यस गीतले थप उचाइ दिलाउने देखिन्छ । उनी आफ्नो नयाँ प्रयासलाई दर्शकले रुचाउनेमा आशावादी छन् ।