अनमोलको नयाँ फिल्म ‘एन्टी हिरो’, भुवन भिलेन

अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्न लागेको फिल्मको नाम ‘एन्टी हिरो’ जुराइएको छ । सोमबार चलचित्र विकास बोर्डमा फिल्म दर्ता गरिएको छ । तिहारपछि छायांकन सुरु हुने फिल्म दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माण भुवन केसीले गर्नेछन् ।
यस फिल्ममा अभिनेता अनमोल सकारात्मक अर्थात् हिरोको भूमिकामा देखिनेछन् । भुवन भने नकारात्मक (भिलेन) भूमिकामा प्रस्तुत हुनेछन् । यसका लागि केही महिनादेखि भुवनले दाह्री बढाइरहेका छन् । एफडी कम्पनीले वितरण गर्ने फिल्मका लागि अहिले निर्देशकको खोजी भइरहेको छ । निर्देशकमा प्रदीप भट्टराईको नाम चर्चामा छ ।