प्रदेश ३ का ११९ वटै स्थानीय तहमा नर्स राख्ने अन्तिम तयारी

हेटौंडा । प्रदेश नम्बर ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले प्रदेशका एक सय १९ वटा स्थानीय तहमा छिट्टै नै एक बिद्यालय एक नर्ष कार्यक्रम लागू गरिने बताउनु भएको छ ।
सामाजिक बिकाश मन्त्रालयको आयोजनामा एक बिद्यालय एक नर्ष सम्बन्धी स्थानीय तहसंग समन्वय तथा अभिमुखीकरण कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले एक सय १९ वटै स्थानीय तहमै नर्ष राख्नका लागि बिज्ञापन गर्ने तयारी गरिएको बताउनुभयो । यो कार्यक्रमलाई थप प्रभाबकारी बनाउन लागिपरेको उहाँले बताउनुभयो । सबै संगको छलफलबाट मात्र नर्ष राख्ने भउकाले केही ढिलाई भएको उहाँले बताउनुभयो ।
अहिले बिद्यालयमा लागू भएका नर्ष कार्यक्रम प्रभाबकारी भएकाले चालु आर्थिक वर्षमा थप गर्न लागिएको उहाँले बताउनुभयो । सबै स्थानीय तहको दवाब हुने हो भने प्रदेशका सबै सरकारी बिद्यालयमा एक बिद्यालय एक नर्ष कार्यक्रम लागू गर्ने बताउनुभयो ।
प्रदेश र स्थानीय तहको सरकार एकै ठाउँमा भएर काम काम गरेमा मात्र सफल भइने मन्त्री दुलालले बताउनुभयो । अहिलेको अवस्थामा निजी बिद्यालयले भने अनिवार्य रुपमा नर्ष आफै राख्ने र सामुदायिक बिद्यालयमा नर्ष प्रदेश सरकारले राख्ने बताउनुभयो ।
सामाजिक बिकाश मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश स्वास्थ्य निर्देशनाल, बिद्यालयका शिक्षक, अभिभावक, बिद्यार्थी लगायतकाले एक बिद्यालय एक नर्ष कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।