युवाका निम्ति काम गर्न परिषद् गठन गर्दै छौं–मन्त्री दुलाल

हेटौंडा । प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले चालु आर्थिक वर्षमानै प्रदेश युवा परिषद गठन गर्ने बताउनुभएको छ । यसको लागि कानून निर्माणको चरणमा रहेको बताउनुभयो ।
सामाजिक बिकाश मन्त्रालयको आयोजनामा २० औ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा प्रदेश युवा बिकास सम्बन्धी नीति तथा कार्यक्रमका सम्वन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन् गर्दै उहाँले यस्तोकुरा बताउनुभयो । युवाहरुले आफु संग जे बिज्ञता छ त्यसमानै काम गर्नुपर्ने बताउनुभयो ।
धेरै खालका चुनौती भएपनि त्यसलाई पार गरेर काम गर्नपर्ने मन्त्री दुलालले बताउनुभयो । अधिकार कसैले दिने भन्दा पनि खोसेर लिनका लागि उहाँले आग्रह गर्नुभयो । आफ्नो मन्त्रालयले युवाको सवालमा काम गरेको बताउँदै उहाँले भन्नुभयो–‘युवाहरुका निम्ती काम गर्नका लागि कानून बनाउँदै छौ ।’ नेपालीले विश्वव्यापी रुपमा प्रतिस्पर्धा गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सामाजिक बिकाश मन्त्रालयका निमीत्त सचिव दिपेन्द्र सुवेदीले युवाको क्षेत्रमा काम गर्नका लागि आफुहरु तयार रहेको बताउनुभयो । कार्यक्रममा बिभीन्न क्षेत्रका युवाहरुको सहभागिता रहेको थियो ।