मलाइकालाई करणले जिस्काएपछि अर्जुनको यस्तो प्रतिक्रिया

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:४४

पछिल्लो समय बलिउडमा मलाइका अरोडा र अर्जुन कपुरको प्रेमको चर्चा हुन गरेको छ । बारम्बार यी दुई जना कार्यक्रममा पनि सँगै देखिने गरेका छन् । बेलाबेलामा यी दुईले विवाह छिट्र्ट गर्दै छन् भन्ने समाचार पनि बाहिर आउँछन् ।  तर, दुवैले आफूहरुले विवाहको योजना नै नबनाएको बताउँदै आएका छन् । तर, मलाइकाको विषयमा अर्जुन निकै सेन्सेटिभ छन् । कतिसम्म भने उनी मलाइकालाइ कसैले पनि नराम्रो भनेको सुन्न सक्दैनन् ।

यसको प्रमाण हालैको एक कार्यक्रममा पनि देखिएको छ । र, यसको एउटा भिडियो अहिले चर्चामा छ । यो भिडियो इन्डियन फिल्म फेस्टिभलको हो । मेलबर्नमा भएको कार्यक्रममा मलाइकालाई हेर्दै कार्यक्रमका होस्ट करणले भन्छन् कि लामो फ्लाइट पछि पनि कोही अभिनेत्री यति धेरै सुन्दर कसरी देखिन सक्छन् ।  मलाइका त यो कुराका कारण शर्माउँछिन् । तर, अर्जुन अचानक उठ्छन् र करणलाई जवाफ दिन्छन्– त्यहाँ पछाडि एक युवती बसिरहेकी छिन्, जानू उसैसँग फ्लर्ट गर्नु ।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*