निता ढुंगाना फेरी आमेश भण्डारीसँग, विहेको योजना बन्दै(भिडियोसहित)

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:४३

साउन २६, काठमाण्डौ । नायिका निता ढुंगानाले पहिलाकै व्याइ फ्रेन्ड आमेश भण्डारीसँग फेरी नजिकिएको खुलासा गरेकी छिन् । विगतमा लिभिङ टुगेदरमा बसका र एक अर्कालाई माया गरे पनि बिचमा ब्रेकअप भएको थियो । तर अहिले फेरी दुई जनाको सम्बन्धमा सुधार भएको ढुंगानाले बताएकी हुन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ढुंगानाले पुराना प्रेमीसँगको नयाँ सम्बन्धबारे खुलासा गरेकी हुन् । त्यसैगरी उनले अब हलिउड चलचित्रमासमेत अभिनय गर्न लागेको दावी गरेकी छिन् । अहिलेसम्म फिल्मी क्षेत्रमा लागेर आफूले ५ करोड रुपैयाँ कमाएको पनि उनले दाबी गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*