‘साइनो’ मा रुचाइयो मिरुनाको अभिनय

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:१४

गएको जेठमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ पछि कुनै फिल्मले हलमा गतिलो व्यापार गर्न सकेका छैनन् । न त दर्शकलाई नै सन्तुष्ट बनाउन सकेका छन् । तर, हरेक हप्ता हलमा नयाँ फिल्म भित्रन कम भएको छैन । यो शुक्रबार ‘साइनो’, ‘रे’ र ‘काँचुली’ सहित तीन फिल्म लागे । तीन फिल्ममा कसले राम्रो व्यापार गर्‍यो भन्ने दर्शकमा चासो पक्कै होला ?
तीन फिल्म मध्ये ‘साइनो’ को व्यापार केही हदसम्म राम्रो छ । तर, अपेक्षाकृत छैन । शुक्रबार फिल्मको व्यापार औसतभन्दा पनि कम रह्यो । शनिबार फिल्म देशैभर हाउसफुल भएको निर्माण टिमले बताएको छ । शुक्रबारको तुलनामा फिल्मले शनिबार निकै राम्रो व्यापार गरेको निर्मात्री भुवन थापा चन्दले जानकारी दिएकी छन् । उनी नेपाली फिल्मकी प्रथम नायिका समेत हुन् ।
‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने विश्वास उनमा छ । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीमा आयोजना गरिएको विशेष शोमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, निर्देशक दीपाश्री निरौलालगायतले फिल्मको प्रशंसा गरेका थिए । दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्ममा अभिनेत्री मिरुना मगरको अभिनय भने निकै रुचाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*