प्रधानमन्त्रीको निजी सचिवमा अर्जुन भण्डारी

जनपत्र
१३ असार २०८०, बुधबार ०८:०५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव अर्जुन भण्डारी नियुक्त भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भण्डारीलाई निजी सचिवमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्रीका निजी सचिव ढुङ्गाना राजश्व अनुसन्धान विभागको महानिर्देशक भई गएसँगै रिक्त निजी सचिवमा भण्डारी नियुक्त भएका हुन् । भण्डारीले आजैबाट जिम्मेवारी सम्हाल्ने तयारी गरेका छन् ।

यता राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालय तानेर त्यहाँ नवराज ढुंगानालाई पठाइएको छ। ढुंगाना यसअघि प्रधानमन्त्रीका निजी सचिव थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*