साफ च्याम्पियनसिप फुटबलमा भारतसँग बराबरी खेल्दै कुवेत समूह विजेता

जनपत्र
१३ असार २०८०, बुधबार ०८:०४

१४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत र आमन्त्रित टोली कुवेतले बराबरी खेल्दै अंक बाडेका छन्। बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार आयोजक भारत र कुवेतले १-१ गोलको बराबरी खेलेका हुन्।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भारतले बनाएको थियो। पहिलो हाफको इन्जुरी समयमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको इन्जुरी समयमा भारतका अनवर अलीले आत्मघाती गोल गरेपछि खेल १-१ गोलको बराबरीमा सकिएको हो। यस्तै खेलको अन्तिमतर्फ दुबै टोली १० खेलाडीमा समेटिएको थियो ।

विपक्षी खेलाडीमाथि हात हालेपछि ९० औं मिनेटमा कुवेतका अहमद अल्कालफ र भारतका रहिम अलीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।त्यस्तै भारतका मुख्य प्रशिक्षक इगोर स्टामिकले पनि रातो कार्ड पाएका थिए । यस बराबरीसँगै समूह ुएु बाट कुवेत समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। भारत भने समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*