अनमोलको विश्राम थकाइ मार्न मात्र नहोस् !

जनपत्र
२७ श्रावण २०७६, सोमबार ०६:१२

वर्तमान परिपेक्षमा नेपाली फिल्ममा यदी कसैलाई सर्वाधिक खोजिन्छ भने त्यो नाम अभिनेता अनमोल केसी हो । फिल्ममा प्रवेश गरेको छोटो समयमा नै ठूलो स्टारडम बनाएका उनले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर ३’ सहित सात फिल्ममा अभिनय गरिसकेका छन् । ‘कृ’ र ‘क्याप्टेन’ छाड्ने हो भने उनका अन्य फिल्मले बक्सअफिसमा गतिलै व्यापार गरे । अनमोलको स्टारडम उकास्न पनि ठूलो भूमिका रह्यो ।
कछुवाको गतिमा हिँडेर उनी नेपाली फिल्ममा लामो रेसको घोडा बन्न चाहन्छन् । उनको यो शैली धेरैलाई मन परेको छ ।
फिल्म छनोटको मामिलामा चुजी मानिने अनमोल तत्काल कुनै फिल्ममा आबद्ध भएका छैनन् । गत वर्ष ‘क्याप्टेन’ र ‘ए मेरो हजुर ३’ डेढ महिनाको अन्तरमा रिलिज हुँदा उनलाई छायांकन र प्रचारमा समय मिलाउन गर्न निकै सकस भएको थियो । त्यहीबेला उनले आफू निकै थाकेको र करीब ६ महिना विश्राम लिने घोषणा गरेका थिए । अहिले उनी थकाइ मार्न घुमफिरमा व्यस्त छन् । अझै केही महिना नयाँ फिल्म साइन गर्ने सोचमा उनी छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*