जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभा

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभा आज भएको छ । जिल्ला सभाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो । कार्यक्रमका अवसरमा बिभीन्न ब्यक्तित्वलाई सम्मानित गरिएको छ ।
समन्वय समितिले जिल्ला सभाका अवसरमा मजदुर क्षेत्रमा लामो समय सम्म योगदान पु¥याएकोमा हेटौंडा ४ का पूर्ब सांसद ललित बस्नेत, मकवानपुर गढीका तरकारी किसान बद्री तिमल्सीना, हेटौंडाका बाख्रपालक किसान गोबिन्द सुवेदी, हेटौंडा ९ को पुस्पान्जली आमा समुह, स्थानीय तह मध्यमा उत्कृष्ट काम गर्ने थाहा नगरपालिका, जिल्ला समन्वय समितिमा लामो समयदेखि काम गरेका कर्मचारी लगायतकालाई सम्मानित गरिएको हो ।
कार्यक्रममा पूर्ब सांसद केदार न्यौपानेले अब जनप्रतिनिधिहरुले काग्रेश पार्टी, राजतन्त्रलाई दोस दिने ठाउँ नभएकाले काम गरेर देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुका तर्फबाट पूर्ब सांसद ललित बस्नेत, प्रदेश सभाका सदस्य सन्त चेपाङ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल, नेकपा मकवानपुरका नेता बद्री लंसाल, नेपाली काग्रेश मकवानपुरका प्रबक्ता प्रदिप कोईराला, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देवकोटा, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप बिष्ट, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको हो । कार्यक्रममा मकवानपुरका दशवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।