प्रतिनिधि सभा बैठक जारी

जनपत्र
११ असार २०८०, सोमबार १२:३२

संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक जारी रहेको छ । आज (सोमबार) विहान ११ बजेदेखि सुरु भएको बैठकमा मन्त्रीहरुले विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रम जारी रहेको छ ।

आज रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिंचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट शिर्षकमाथि उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने संसद सचिवालयले जनाएको छ।

हिजो गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटमाथि मन्त्रीहरुले जवाफ दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*