प्रतिनिधिसभा बैठक : आजदेखि बजेटबारे उठेका प्रश्नकाे मन्त्रीहरूले जवाफ दिने

जनपत्र
१० असार २०८०, आईतवार ०७:२०

प्रतिनिधिसभाको आजको बैठकमा बजेटबारे सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुने भएको छ ।

बिहान १० बजे बस्ने बैठकमा आज १० वटा मन्त्रालयबारे उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ ।

आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकूद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसअघि बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ । त्यसमा तीन जना सांसदले खर्च कटौतीको प्रस्ताव पेस गर्ने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*