आज सदनमा प्रधानमन्त्रीसँग सांसदको सवाल-जवाफ

जनपत्र
८ असार २०८०, शुक्रबार ०७:२९

प्रतिनिधिसभा शुक्रबारको बैठक बिहान ११ बजेदेखि बस्दैछ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूको प्रश्नको जवाफ दिँदैछन् ।

प्रश्नउत्तरको लागि हरेक समूहका १५ सदस्य रहने गरी वर्णानुक्रमअनुसार १७ समूहमा विभाजन गरेको बताए।

प्रधानमन्त्रीसँग हरेक महिना प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रम गत महिनाबाट सुरु भएको हो।

आज संस्कृति, पर्यटन, तथा नागरिक उडडयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि पनि छलफलको कार्यसूची छ ।

बैठकमा ७ जना सांसदले खर्च कटौतीको प्रस्ताव गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*