चीनमा समुन्द्री आँधीले २२ को मृत्यु, नदी थुनिएर बन्यो ताल

जनपत्र
२६ श्रावण २०७६, आईतवार ०६:३२

चीनमा आएको शक्तिशाली समुन्द्री आँधीले मर्नेको संख्या २२ पुगेको छ । १० अगष्टको विहान पूर्वी चीनको जेसियाङ प्रान्तमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्याएको हो ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार १० जना हराइरहेका छन् । १८७ किलोमिटर प्रति घन्टाको वेगमा आएको लेकिमा आँधीले कतिपय स्थानमा पहिरो गएको छ । पहिरोले नदीहरुको पानीको सतह १० मिटरमाथि सम्म पुग्दा डुबान भएको छ । १२० गाउँहरुलाई पानीले घरेको छ ।

कतिपय स्थानमा पहिरोले बनेको ताल फुट्दा क्षति पुगेको छ । आँधी अझै बढिरहेकाले क्षतिको खतरा रहेको भन्दै शतर्क रहन आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*