जसपाको कार्यकारिणी समिति बैठक बस्दै, विधान मस्यौदामा छलफल हुने

जनपत्र
७ असार २०८०, बिहीबार ०७:२१

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति र आइतबार सुरु हुने विधान अधिवेशनका बारेमा छलफल हुने बताइएको छ ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गरिनेछ ।

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*