कर्फ्यू उल्लंघन गर्दै कश्मीरको श्रीनगरमा प्रदर्शन
भारत प्रशासित कश्मीरका साथै जम्मूको पुन्छ, राजौरी, डोडा र किश्तवाड इलाकामा सरकारले ६ दिनदेखि धारा १४४ लागू गरेको छ । सरकारले धारा १४४ अनुसार नै रोक लगाइएको बताएपनि अवस्था कर्फ्यू जस्तै छ । सरकारले केही स्थानमा ईदमा प्रतिबन्ध हटाउने बताएको छ । तर विरोध प्रदर्शन भइरहेको स्थानहरुमा कायमै रहनेछ ।







