फेरि सर्यो दया र दीयाको ‘दयारानी’

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर फिल्म ‘दयारानी’ लाई प्रदर्शनका लागि उपयुक्त मिति जुर्न सकेको छैन । फिल्मको जेठ १० र साउन ३० गरि दुईपटक प्रदर्शन मिति घोषणा गरिसकिएको छ । तर, अझै प्रदर्शनमा आउन सकेको छैन । सर्नैमा फुर्सद छैन ।
पछिल्लो पटक घोषणा गरेको मिति (साउन ३०) मा मल्टीस्टारर फिल्म ‘हजार जुनीसम्म’ आएपछि फेरि यो फिल्म सरेको छ । माओत्से गुरुङले निर्देशन गरेको फिल्म अब फागुन ९ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । फिल्मले एक अहङ्कारी श्रीमानबाट श्रीमतीले भोग्ने समस्याको कथा समेट्ने बताइएको छ ।