आईसीसी एक दिवसीय विश्व कप छनोट : वेस्टइन्डिज विजयी, अमेरिका पराजित

जनपत्र
४ असार २०८०, सोमबार ०९:५७

unn.prixa.net

काठमाण्डाै – वेस्टइन्डिज आईसीसी एकदिवसीय विश्व कप छनोटमा ३९ रनले विजयी भएको छ । वेस्टइन्डिजले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको अमेरिका ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५८ रनमा समेटियो । अमेरिकाका गजानन्द सिंहले १ सय १ रनको शतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।

यस्तै, अमेरिकाका लागि शयान जहानजिंगरले ३९, नोस्तुश केन्जिगेले ३४, आरोन जोन्सले २३, स्टिभ टेलरले १८ र सुशान्त मोदानीले १४ रन बनाए । वेस्टइन्डिजका लागि कायल मेयर्स र अल्जारी जोशेफले दुई–दुई विकेट लिए भने रोस्टन चस र जेसन होल्डरले एक – एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिज ४९ ओभर ३ बलमा २ सय ९७ रन बनाएको थियो । वेस्टइन्डिजका जोनसन चार्ल्सले सर्वाधिक ६६ रन बनाए ।

यस्तै, जेसन होल्डरले ५६, रोस्टन चसले ५५, शाई होपले ५४ र निकोलस पुरनले ४३ रन बनाए । अमेरिकाका सौरभ नेत्रवालकर, कायल फिलिप्स र स्टेभन टेलरले ३–३ विकेट लिए । नोस्तुश केन्जिगेले एक विकेट लिए । अमेरिकाले नेपालसँग भोलि खेल्नेछ भने वेस्टइन्डिजले आउँदो बिहीवार खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*