प्रदेश ३ का सामुदायिक बिद्यालयलाई दश वटा वस

आधा घण्टा भन्दा टाढाबाट बिद्यालय आउनुपर्ने बाध्यता भएका बिद्यार्थीलाई वस उपलब्ध गराउन लागिएको हो ।
जनपत्र
२५ श्रावण २०७६, शनिबार ०७:२०

हेटौंडा । प्रदेश नम्बर ३ को सामाजिक बिकास मन्त्रालयले प्रदेशका १० वटा सामुदायिक बिद्यालयलाई वस उपलब्ध गराउने भएको छ । सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई टाढाबाट आउनुपर्ने बाध्यता भोग्दै आएकाहरुलाई ध्यानमा राखेर बस उपलब्ध गराउन लागिएको हो । चालु आर्थिक वर्ष भित्रमा प्राथमिकतामा राखेर बस खरिद गर्न लागेको हो ।

बिद्यालय आउनका लागि आधा घण्टा भन्दा बढी समय हिड्नुपर्ने बाध्यता भोग्दै आएका बिद्यार्थीलाई ध्यानमा राखेर दश बिद्यालयलाई एउटाका दलरले दश वटा वस उपलब्ध गराउन लागिएको प्रदेश ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
बिद्यार्थी कम र शिक्षक बढी भएका बिद्यालय मर्ज गर्दा केही बिद्यार्थीलाई टाढाबाट बिद्यालय आउनुपर्ने बाध्यता हुने भएकाले बिशेषगरी त्यस्ता बिद्यालयलाई प्राथमिकता दिएर बस उपलब्ध गराइने उहाँले बताउनुभयो ।

सामुदायिक बिद्यालयमा वस उपलब्ध गराउनका लागि चालु आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो रकमबाट मन्त्रालयले बस खरिद गरेर प्राथमिकताका आधारमा कार्यबिधि बनाएर बस उपलब्ध गराउन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*