युएईमा अलपत्र शोभा काठमाडौ आइपुगिन्

जनपत्र
२५ श्रावण २०७६, शनिबार ०६:३३

वैदेशिक रोजगारीको सिलसिलामा तीन महिनासम्म तलब नपाएर संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र झापा कनकाई नगरपालिका–४ सुरुङ्गाकी शोभा न्यौपानेको उद्धार गरिएको छ । न्यौपाने आज स्वदेश आइपुगेकी छिन् ।

यूएईको उत्तरी राज्य रासलखेमामा स्थित रकिज अमार क्लिनिङ कम्पनीमा कार्यरत ३४ वर्षीया न्यौपानेलाई झापाली समाज यूएईको समन्वयमा नेपाली दूतावास अबुधाबीले उद्धार गरी नेपाल फर्काएको हो । उनी काठमाडौँ आइपुगेको उनका पति दिलबहादुरले बताए ।

उनी कार्यरत कम्पनीले तलब सुविधा रोकेको र अलपत्र बनाएको बारेमा पतिले झापाली समाज यूएईलाई जानकारी गराएपछि अबुधाबीस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको झापाली समाज यूएईमा आवद्ध रामप्रसाद ढुङ्गेलले टेलिफोन सम्पर्कमा बताए ।

पीडित न्यौपाने एक वर्षअघि काठमाडौँस्थित पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि नामक म्यानपावर कम्पनीमार्फत क्लिनरको काममा यूएई गएका थिए । आफू कार्यरत कम्पनीले तलब नदिएर अलपत्र बनाएपछि उनले अर्को कम्पनीमा कार्यरत झापाली दिदीबहिनीसँग र दूतावासमा शरण लिएका थिए ।

ढुङ्गेलका अनुसार नेपाली दूतावासले एकतर्फी ट्राभल डकुमेन्ट बनाएर न्यौपानेलाई नेपाल पठाएको र त्यस प्रक्रियामा आवश्यक पर्ने १५ सय दिराम (करिब ४५ हजार रुपैयाँ) सम्बन्धित म्यानपावर कम्पनीलाई व्यहोर्न लगाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*