प्रतिनिधिसभा बैठक बस्दै, उद्योग, भूमी र भौतिक मन्त्रालयको बजेट माथी छलफल हुने

जनपत्र
१ असार २०८०, शुक्रबार ०७:३१

आज प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बस्ने बैठकमा बिनियोजन विधेयक २०८० माथी छलफल हुनेछ। बैठक ११ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथी छुट्याइएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*