ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

जनपत्र
१८ जेष्ठ २०८०, बिहीबार ०६:५९

चलचित्र ‘अन्तिम संस्कार’ आगामी ८ असारबाट रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्रको काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी बुधबार ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन छन् । यो फिल्मको ट्रेलरमा हराएका एक छोरीको खोजीमा बाबुले गरेको सँघर्षको कथा प्रस्तुत गरिएको छ ।

अभिनेता विजय लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको सो कार्यक्रममा बताए, ‘यो चलचित्र हाम्रो आफ्नो कथा हो । नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ ।’ चलचित्रले नयाँ संस्कारसँग विषय उठाएकाले दर्शकले यसलाई मन पराउने उनले दाबी गरे ।

अभिनेत्री दिया पुनले कार्यक्रममा यो सिनेमामा आफ्नो भूमिका फरक रहेको जिकिर गरिन्,‘ बिगतको जस्तो नाच्ने गाउने नभएर यो चलचित्रमा एक ससक्त चरित्रमा छु ।’ उनले भनिन्।

यो चलचित्रका निर्देशक प्रदीप शाहीले आफुले लामो समय लन्डन बस्दा सिकेको कुरालाई चलचित्रमा उतारेको बताएका छन् । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण र एक हत्यामा केन्द्रित घटनाको रहस्यको ’चयगलम यसको कथा घुमेको पनि उनले बताएका छन् ।

यो चलचित्रमा चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, बिकाश अधिकारी, सरोज खालिङ्ग राइ, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य लगायतको अभिनय रहेको छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, रुपेश गुरुङको सम्पादन, प्रेम खड्काको प्रोडक्सन डिजाईन छ ।

भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*