उत्तर कोरिया भ्रमण गर्ने विदेशीले ‘फ्रि-भिसा’ प्रवेश नपाउने

जनपत्र
२२ श्रावण २०७६, बुधबार ०६:२७

संयुक्त राज्य अमेरिकाले विगत आठ वर्षको अवधिमा उत्तर कोरियाको भ्रमण गर्ने विदेशीहरूको लागि ‘फ्रि-भिसा’ प्रवेश अधिकार रद्द गरेको छ । अमेरिकाको यस कदमले सम्भावित पछिल्लो पर्यटन उद्योगमा बाधा पुर्‍याउने बताइएको छ ।  संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया, जापान, फ्रान्सलगायत ३८ देशका नागरिक तथा त्यहाँ भ्रमण गरेका विदेशीलाई ९० दिनसम्मको फ्रि-भिसा प्रवेश अधिकार दिएको थियो ।

तर, सन् २०११, मार्च १ देखि उत्तर कोरियासहित आठ देशमा भ्रमण गरेका विदेशीहरुलाई अमेरिकाको फ्रि-भिसा अधिकारबाट वञ्‍चित गरेको सोमबार अमेरिकी भन्सार तथा सीमा सुरक्षा वेबसाइटमा उल्लेख गरिएको छ । उनीहरुलाई अमेरिका प्रवेशका लागि पर्यटक तथा व्यापार भिसा लगाउनुपर्नेछ । लिविया, सोमालिया र सिरियासहित सात राष्ट्रमा भ्रमण गरेका विदेशीका लागि प्रि-भिसा कार्यक्रम यसअघि नै रद्द गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*