अर्गानिक फिल्म भन्दै चितवनमा ‘साइनो’ को प्रशंसा

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ लाई चितवनबासीले मन पराएका छन् । लक्की मिडिया हाउसले सोमबार चितवनमा आयोजना गरेको विशेष प्रदर्शनीमा दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए । अधिकांशले ‘साइनो’ लाई अर्गानिक फिल्म भन्दै प्रशंसा गरेको
फिल्मको विशेष शोमा वरिष्ठ कलाकार रिद्धिचरण श्रेष्ठ, ‘साइनो’ निर्मात्री भुवन थापा चन्द, वरिष्ठ कलाकार बसुन्धारा भुषाल, प्रथम रंगिन फिल्म कुमारीकी नायिका चैत्यदेवी सिंहलाई सम्मान पनि गरिएको थियो । फिल्मका मुख्य कलाकारहरु नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेललगायतका अन्य कलाकारहरु, निर्माता तथा निर्देशकको पनि कार्यक्रममा उपस्थिति थिए । छ ।