‘अर्को साताबाट ‘भद्रगोल’ प्रशारण हुन्छ’

जनपत्र
२१ श्रावण २०७६, मंगलवार १६:४९

हास्यव्यङ्ग्य टेली श्रृंखला ‘भद्रगोल’ पुनः प्रशारण हुने भएको छ । कही साता यता प्रशारण रोकिएको  ‘भद्रगोल’ अबको केही हप्तामा प्रशारण हुने छ । “प्राविधिक कारणले केही साता प्रशारण नभएको मात्रै हो । केही दिनमै हामी भद्रगोलकै नयाँ श्रृंखला लिएर आउने छौं,” ‘भद्रगोल’का निर्देशक तथा लेखक अर्जुन घिमिरेले बाह्रखरीसँग भने, “दर्शकको यति धेरै माया र माग हुँदाहुँदै बन्द गर्दैनौँ ।”

नेपाल टेलिभिजनसँगको सम्झौता सकिएकाले नयाँ प्रक्रियामा जाँदा केही दिन टेली श्रृंखला रोक्नु परेको उनको भनाइ छ । “टेन्डर प्रक्रिया मिलिसक्यो । मिडिया हबसँगको आर्थिक पाटो पनि मिलिसक्यो । अब नयाँ सम्झौता गरेर अर्को हप्ताबाट भद्रगोल लिएर आउने छौँ ।” ‘भद्रगोल’ पछिल्लो समय युट्युबमा रुचाइको टेली श्रृंखला हो । ‘भद्रगोल’का अधिकांश भाग युट्युब ट्रेन्डिङमा आउने गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*