भिमफेदीमा चार वटा जलविद्युत आयोजना, स्थानीय अन्धकारमा

भिमफेदी गाउँपालिकाभित्र ३ वटा राष्ट्रिय स्तरका जलविद्युत आयोजनाहरु छन्, विदेशमा समेत बिजुलीको बिक्री गरेर आम्दानीको स्रोत बनेको छ। तर यही पालिका भित्रका धेरै बस्तीहरु अहिले पनि अन्धकार छन्।
सरिता दाहाल
२१ श्रावण २०७६, मंगलवार १३:२६

मकवानपुरको भिमफेदी गाउँपालिकाभित्र ३ वटा राष्ट्रिय स्तरका जलविद्युत आयोजनाहरु छन्। अर्को एउटा हाइड्रो पावर छ। नेपालको धेरै भुभागमा उज्यालो पारेको छ यि आयोजनाका बिजुलीले। विदेशमा समेत बिजुलीको बिक्री गरेर आम्दानीको स्रोत बनेको छ। तर यही पालिका भित्रका धेरै बस्तीहरु अहिले पनि अन्धकार छन्।

‘देशको कयौ कुना काप्चामा यहाँबाट बिजुली पुगेको छ,तर यहि पालिकाको केही यस्ता क्षेत्रहरु छन जहाँ टुकि बत्ती कै साहरा छ’ गाउपालिका अध्यक्ष हिदम लामाले भने। कुलेखानी जलविद्युत आयोजनाको ३ वटै पावर हाउस यहि पालिका भित्र छ तर यहि पालिकाको धार्के, बर्देउ, माण्डु, महावीर जस्ता क्षेत्रमा बिजुली पुगेको छैन। कतिपय स्थानमा बिजुली पुगेको भएपनी एकदमै जीर्ण काठेपोलहरु छन्। जुनसुकै समयमा दुर्घटना हुने संभावना रहेको पालिकाको अध्ययन छ।

‘वर्सेनि दुर्घटनामा मृत्यु समेत हुनेगरेको छ’ पालिका अध्यक्ष लामाले बताए। यो आर्थिक वर्ष भित्र गाउँपालिकालाई काठेपोल मुक्त बनाउने योजना लिएको छ। झन्डै ३ हजार वटा काठेपोल विस्थापन गर्नुपर्ने अवस्थामा छन्। यो गाउँपालिकाका २ सयभन्दा बढिघरहरुमा बिजुली पुग्न सकेको छैन।

यी योजनाको लागि पालिकाले १ करोड बजेट छुट्याइएको छ। ‘हामीलाई विद्युत प्राधिकरणको पनि सहयोग आवश्यक छ, एक करोड प्रयाप्त बजेट हैन’ अध्यक्ष लामाले भने। नेपाल न्युजबाट साभार । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*