मुम्बईले हैदराबादलाई हराउँदा प्लेअफ सम्भावना कायमै

जनपत्र
८ जेष्ठ २०८०, सोमबार ०७:४९

unn.prixa.net

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा मुम्बईले हैदराबादलाई ८ विकेटले हरायाे ।

हैदराबादले दिएकाे २ सय १ रनकाे लक्ष्य मुम्बईले १२ बलअघि नै मात्र २ विकेट गुमाएर भेटायाे । मुम्बईकाे जितमा क्यामरन ग्रीनले शतक बनाए । उनी ४७ बलमा १ सय रनमा नटआउट रहे । यस्तै कप्तान राेहित शर्माले ५६ रन बनाए । बलिङतर्फ हैदराबादका भुवनेश्वर कुमार मयंक दागरले १/१ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेकाे हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनायाे । हैदराबादका मयंक अग्रवालले ८३ र भिभ्रान्त शर्माले ६९ रन बनाए । बलिङतर्फ मुम्बईका आकाश मधवालले ४ विकेट लिए ।

याे जितसँगै मुम्बईले प्लेअफ खेल्ने सम्भावना कायमै राख्दा राजस्थान राेयल्स भने बाहिरिएकाे छ । अब मुम्बईले आजै हुने गुजरात टाइटन्स र राेयल च्यालेन्जर्स बेङ्गलाेरबीचकाे खेल कुर्नुपर्नेछ । याे खेलमा बेङ्गलाेरले हारेमा मुम्बई प्लेअफमा पुग्नेछ जितेमा मात्रै पनि बेङ्गलाेर प्लेअफमा पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*