पुष्प र साम्राज्ञी स्टारर ‘मारुनी’ ट्रेलर रिलिज (भिडियो)

जनपत्र
२१ श्रावण २०७६, मंगलवार ०६:०७

पारिवारिक फिल्म बनाउन सिपालु मानिने निर्देशक नवल नेपाल निर्देशित छैटौं फिल्म ‘मारुनी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेमकथा वाचन गर्ने फिल्मको ट्रेलर कलरफुल छ । अभिनेत्री साम्राज्ञी आरएल शाहले अभिनेता पुष्प खड्कालाई पागल जसरी एकोहोरो प्रेम गरिरहेकी छिन् । तर, पुष्प अर्की अभिनेत्री रेविका गुरुङको प्रेममा छन् ।
निर्देशक नेपालले ट्रेलरमार्फत् फिल्मको मूल द्वन्द्वलाई प्रस्ट्याउन खोजेका छन् । पारिवारिक फिल्म रुचाउने दर्शकलाई ‘मारुनी’ ले हलसम्म डोर्याउन सक्ने ल्याकत ट्रेलरमा देखिन्छ । फिल्ममा साम्राज्ञी र पुष्प पावरफुल भूमिकामा रहेको ट्रेलर हेरेपछि अनुमान लगाउन सकिन्छ । अर्की अभिनेत्री रेविकालाई ट्रेलरमा राम्रो स्क्रिन स्पेश मिले पनि संवाद राखिएको छैन ।
भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई पुनम गौतमले निर्माण गरेकी हुन् । यसअघि उनले फिल्म ‘अझै पनि’ निर्माण गरेकी थिइन् । तर, यो फिल्म चलेन । ‘मारुनी’ ले आफूलाई बचाउनेमा उनी विश्वस्त छिन् । उनी यो फिल्म सफल भए सिक्वेल, असफल भए फिल्म निर्माण नै नगर्ने मनस्थितिमा छिन् । फिल्म हिट भए सिक्वेलमा उनले आफ्नै छोरीलाई डेब्यू गराउँदैछिन् ।
ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री साम्राज्ञीले फिल्म गर्नु अगाडि आफू धेरै डराएको बताइन् । उनी भन्छिन्, ‘स्क्रिप्ट सुनेपछि फिल्म छाड्नु हुँदैन भन्ने लागेको थियो । तर, त्यो क्यारेक्टरलाई न्याय गर्न सक्छु भन्नेमा म कन्फिडेन्ट थिइनँ । सबैले हौसला दिएपछि फिल्म गरेँ ।’ फिल्ममा आफूले निकै चुनौतीपूर्ण भूमिका निर्वाहा गरेको उनी बताउँछिन् । अभिनेता पुष्पले ‘मारुनी’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*