हेटौंडामा राष्ट्रव्यापी खुल्ला रेटिङ कप बुद्धिचाल प्रतियोगिता सुरु
मकवानपुर । मकवानपुरको हेटौंडामा आज देखि मेयर कप राष्ट्रव्यापी खुल्ला रेटिङ बुद्धिचाल प्रतियोतितासुरु भएको छ । खेल मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद माहासंघको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिता उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले आगामी बजेटमा खेल क्षेत्रलाई थप प्राथमिकताका साथ बजेट बिनियोजन गरिने बताए । बानियाँले खेलाडीको क्षमता अभिवृद्धि गर्ने नगरको प्राथमिकता रहेको भन्दै चेस प्रतियोगिताले राष्ट्र निमार्णमा थप सहयोग पुग्ने बताए ।
नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धर्म लामाले खेलकुदले देशलाई चिनाउन र विदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा सजिलो माध्यम रहेको बताए।
हेटौंडा–११ स्थीत स्मारक होटलमा सुरु भएको खेलमा ८७ जना खेलाडीले सहभागीता जनाएका छन् । प्रतियोगिताको उपाधि विजेताले १ लाख नगद प्राप्त गर्ने मकवानपुर जिल्ला बुद्धिचाल संघका जिल्ला अध्यक्ष मनोज श्रेष्ठले जनाएका छन् ।

उनका अनुसार प्रतियोगतामा दोस्रो हुनेले ५० हजार रुपैयाँ, तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ हुनेले २० २० हजार नगद प्राप्त गर्नेछन् ।
यसैगरी, छैटौँदेखि दशौँसम्म हुनेले नगद १५÷१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने विद्यागत तर्फ उत्कृष्ट लोकलले १० हजार, उत्कृष्ट महिलाले १० हजार, उत्कृष्ट भेट्रान्स ९५५ वर्ष उमेर समूहले १० हजार, उत्कृष्ट जुनियर ९अन्डर १२, १४, १६ र १८० ४ जनाले १० १० हजार प्राप्त गर्ने छन् ।
यसैगरी, उत्कृष्ट अन रेटेडलाई १० हजार र उत्कृष्ट रेटिङ बिलो ९१८ सय, १६ सय र १४ सय भन्दा कम० भएका प्रत्यकले १०÷१० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेतासहित २१ जनाले नगद पुरुस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनको लागि २० लाख २ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितालाई हेटौंडा उपमहानगरले मुख्य प्रायोजन गरेको छ ।






