सृर्जनशिल नेपालको हेटौंडामा अन्तरक्रिया
हेटौंडा । सृर्जनशिल नेपाल संस्थाको आयोजनामा एसडिआई परियोजना अन्तरगत सरकोकारवालाहरु संगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आज हेटौंडामा भएको छ कार्यक्रममा सहभागि सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले यस संस्था संग सहकार्य र समन्वय गरेर काम गर्नका लागि तयार रहेको बताउनुभएको छ । संस्था नयाँ भएपनि पुराना र अनुभवीबाट राम्रो काम हुनेमा बिस्वास समेत व्यक्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन् गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले यस संस्थाले स्थानीय तहसंग सहकार्य गरेर काम गर्नका लागि आग्रह गर्नुभयो । बिशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्नपर्ने बताउँदै उहाँले भन्नुभयो–‘यसक्षेत्रमा काम गर्दा हामी सबै सहकार्य गरेर काम गर्नुपर्छ । यस संस्थाले ल्याउने कार्यक्रमबाट स्थानीय क्षेत्रका नागरिकलाई कुनै न कुनै रुपमा फाइदा पुग्नुपर्छ ।’

गैरसरकारी सस्थाहरुले स्थानीय क्षेत्रमा लोप हुन लागेका संस्कृति र परमपराको संरक्षण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश नम्बर ३ को सामाजिक बिकास मन्त्रालयका अधिकृत दिपा घिमिरेले स्थानीय तहमा महिला, बालबालिका क्षेत्रका समुहहरुलाई उपयोग गरेर अगाडी बढ्का लागि आग्रह गर्नुभयो । यसैगरी मन्त्रालयका अर्का अधिकृत चन्द्रकुमारी ब्यम्जनकारले प्रदेश ३ लाई बालविवाह मुक्त प्रदेश बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

सृर्जनशिल नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति शान्ता बरालले सबै सरकारी निकायसंग सहकार्य गरेर काम गरिने बताउनुभयो । बिशेषगरी स्थानीय तह, प्रदेश र स्थानीय समुदाय संगको सहकार्यमा काम गर्न लागिएको बताउनुभयो । स्थानीय क्षेत्रमा बालबालिका, महिला र सहकारी क्षेत्रमा भएका संरचनालाई उपयोग गरेर मात्र काम गर्न लागिएको अध्यक्ष बरालले बताउनुभयो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगनाथ दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संस्थाका सल्लाहकार मदन दाहाल, माईती नेपाल मकवानपुरका प्रमुख मायाँ लामा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा सृर्जनशिल नेपाल संस्थाका कार्यक्रम संयोजक सृजना पाठकले संस्थाले यसअघि गरेको काम र भावि योजनाका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।









