निखिलको ‘आयो भैरव’ मा सौगात ?

जनपत्र
१९ श्रावण २०७६, आईतवार ०५:२८

नेपाली फिल्मका ‘ट्रेन्ड सेटर’ निखिल उप्रेती करीब ४ वर्षपछि पुनः फिल्म निर्देशनमा हात हाल्दैछन् । अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनले ५ वर्षपछि फिल्म ‘भैरव’ मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका थिए, जसमा उनको अभिनय, निर्देशन र निर्माण थियो । यो फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै उनको कमब्याक सफल तुल्याएको थियो । तर, ‘भैरव’ पछि उनका कुनै फिल्म सफल भएका छैनन् ।
पैसामुखी भएको आरोप खेप्दै आएका उनी अहिले आफ्नो कमब्याक फिल्मको सिक्वेल निर्माणको तयारीमा छन् । फिल्मको नाम ‘आयो भैरव’ जुराइएको छ । लामो समयदेखि उनी आफैं फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा उनी स्वयं प्रमुख भूमिकामा देखिनेछन् । भने, केही अन्य चलेका कलाकारहरुलाई पनि राख्ने तयारीमा निखिल छन् । सम्भवतः फिल्ममा उनको अपोजिटमा अभिनेत्री सञ्चिता लुईंटेल देखिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*