स्लिम हुन नुन नखाने आँचल, खाना नबार्ने पूजा
नेपाली फिल्मका दुई शर्मा अभिनेत्री आँचल र पूजाबीच राम्रो सम्बन्ध नरहेको भन्ने चर्चा अब नौलो होइन । बेला बखतमा उनीहरुले एकअर्काप्रति घुमाउरो रुपमा गर्ने घोचपेचले पनि बजारको चर्चामा सत्यता देखिन्छ । तर, उनीहरुले अहिलेसम्म एकसाथ न फिल्म न म्यूजिक भिडियोमा काम गरेका छन् । अभिनेत्री रेखा थापाको नयाँ फिल्ममा भने उनीहरुले एकसाथ काम गर्न लागेको चर्चा छ ।
केही समय अगाडि एक अन्तर्वार्तामा आँचलले पूजालाई ‘अग्रज’ भनेपछि पूजाले पनि आँचललाई ‘भाउजु’को संज्ञा दिइन् । यी कुरा मिडियाका लागि राम्रो गसिप बन्यो । एकपटक फेरि उनीहरुबीच अघोषित घोचपेच सुरु भएको छनक मिलेको छ । अघिल्लो हप्ता आँचलले एक टीभी अन्तर्वार्तामा आफूले स्लिम हुन जिममा कसरत गर्ने गरेको, नुनबिनाको तरकारी खाने गरेको बताएकी थिइन् ।
उययवब कजबचmब बलम बबअजब िकजबचmब
आँचलको यही कुरा सुनेर होला, पूजाले केही दिन अगाडि एक कार्यक्रममा आफूले तौल घटाउनका लागि खानेकुरा नबार्ने गरेको बताइन् । उनले भनेकी थिइन्, ‘खाना खान्छु मज्जाले । एक्सरसाइज पनि गर्छु । कुनै डाक्टरले पनि नखाइकन तौल घट्छ भन्दैन होला । यदि भन्छ भने त्यो डाक्टर नै हुँदैन । त्यही भएर खाएर बरु जिम गर्नुस् । हिँड्नुस् । तर, प्लिज खाना खान नछाड्नुहोला ।’
पूजाको कुरा आँचलप्रति लक्षित हुनसक्ने देखिन्छ । किनकि, उनले ‘डाक्टर’को कुरा उल्लेख गरेकी छन् । सर्वविदित छ, आँचलका श्रीमान् उदीप श्रेष्ठ डाक्टर हुन् । त्यो पनि डाइटिसियन । उनले श्रीमानले भनेकै ‘डाइट चार्ट’ पछ्याउने गर्छिन् । यही कारण पूजाले नुनबिनाको तरकारी खान्छु भन्ने आँचललाई चिढ्याउनका लागि ‘डाक्टर’को कुरा उल्लेख गरेको हुनसक्ने आँकलन गर्न सकिन्छ ।
यद्यपि, तौल घटाउन खाना बार्नुपर्छ भन्ने आम धारणा छ । यो कुरामा विश्वास गरेर कतिपयले त तौल घटाउन खाना समेत खाँदैनन् । पूजाले यसप्रति लक्षित गरेकी पनि हुन सक्छिन् । तर, आफू स्लिम हुनुको रहस्य खुलाउन जेरीझैं घुमाएर ‘डाक्टर’ शब्द उच्चारण गर्नुले उनको उद्देश्य आँचलप्रति घोचपेच गर्नु थिएन भन्ने विश्वास गर्न सकिन्न । हुन त पूजालाई प्रायः आफ्नै बोलीले गाल पार्ने गर्छ ।