मकवानपुरमा ३७५ बिगाहा क्षेत्रमा गाँजा र अफिम नष्ट

जनपत्र
१८ श्रावण २०७६, शनिबार ०८:३९

हेटौंडा । मकवानपुरको बिकट गाउँपालिका क्षेत्रमा लगाइएको गाँजा र अफिम बितेको आर्थिक वर्षमा ३ सय ७५ बिगाहा क्षेत्रफलको नष्ट गरिएको छ । अबैधानिक तरिकाले मकवापनुरको राक्सीराङ, कैलास, बकैयाँ लगायतका गाउँपालिकाका बिकट वडामा लगाइएको गाँजा र अफिम नष्ट गरिएको हो ।

मकवानपुर प्रशासनको निर्देशनमा लागूऔषध निषेध र व्यवस्थापनको काम अन्तरगत नष्ट गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । लागूऔषध नियन्त्रण कार्ययोजना, २०७५ बमोजिम जिल्लास्तरीय कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको हो । विभिन्न निकायको समन्वय तथा सहकार्यमा स्थानीय तहहरुमा लागूऔषध विरुद्धको सचेतना तथा जागरण अभियान सञ्चालन गरिएको थियो । विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा जिल्लाको माध्यमिक विद्यालयका १२ कक्षाका विद्यार्थीहरुलाई लागू औषध विरुद्धमा सचेतना अभिवृद्धि गराइएको प्रशाशनले जनाएको छ ।

गाँजा, अफिम लगायतका लागू पदार्थजन्य खेती ३४२ विगाहा २ कठ्ठा १० धुर क्षेत्रफलको गाँजा तथा ३३ विगाहा ७ कठ्ठा क्षेत्रफलको अफिम खेती नष्ट गरिएको प्रजिअ तामाङले बतााउनुभयो । लागू औषध प्रयोगकर्ताहरुका लागि सञ्चालनमा रहेका उपचार तथा पुनर्स्थापना केन्द्रबाट उपलब्ध हुने सेवालाई प्रभावकारी बनाइएको थियो । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवस, २०१९ विविध क्रियाकलापहरु आयोजना गरी मनाइएको बितेको आर्थिक वर्षमा मनाइएको छ ।

मकवानपुरबाट ५ हजार राहदानी  वितरण  र ५ हजार ९८ वटा द्रुत सिफारिस 

जिल्ला प्रशाशन कार्यालय मकवानपुरबाट बितेको आर्थिक वर्षको एक वर्षको अवधिमा ५ हजार ५ वटा राहदानी कार्यालयबाट वितरण गरिएको थियो । यस्तै ५ हजार ९८ वटा द्रुत सिफारिस गरी राहदानी विभागमा पठाइएको प्रशाशनले जनाएको छ । यसैगरी प्रशासनमा संस्था दर्ता ७५ तथा संस्था नवीकरण ३१९ वटा गरिएको छ । २ सय ३५ वटा नालबालक परिचयपत्र जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सुनुवाई हुने मुद्दाहरुमा मुद्दाको प्रकृति हेरी निरन्तर सुनुवाईको व्यवस्था गरी छिटो छरितो ढंगले फैसला गर्ने व्यवस्था मिलाइएको छ । गत आर्थिक वर्षको फर्छ्यौट हुन बाँकी ५५ र चालु आर्थिक वर्षमाा दर्ता भएका ३ सय ४७ वटा मुद्दा मध्ये ३ सय २५ मुद्दा फर्छ्यौट गरिएको प्रजिअ तामाङले बताउनुभयो । परेका मुद्धा मध्यमा ८० दशमलव ८५ प्रतिशत मुद्धाको फच्यौट गरिएको उहाँले बताउनुभयो ।

फाईल तस्बिर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*