उच्च अदालत पाटनद्वारा ‘प्रसाद २’ रिलिजका लागि बाटो खुल्ला

जनपत्र
२८ चैत्र २०७९, मंगलवार ०८:२१

निर्माताबीचको आर्थिक लेनदेनका कारण उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’को रिलिज रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हप्ता दिन पनि नपुग्दै सोही अदालतले फिल्म प्रदर्शनका लागि बाटो खुल्ला गरेको छ । आइतबार भएको न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको इजलासले यसअघि भएको अल्पकालीन आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सुनाएको हो ।

फिल्मको निर्माण गर्ने इजाजत निवेदक ९केशव पाण्डे०ले प्राप्त गरेको नभइ सुलभ थापा प्रोडक्सनले समेत प्राप्त गरेको देखिएको, निवेदक र सुलभ थापा प्रोडक्सनबीचको करार सम्बन्धमा छुट्टै कानुनी उपचारको मार्ग अपनाउन सक्ने देखिएको भन्दै अदालतले फिल्मको रिलिज रोक्न परेको निवेदनमा अन्तरिम आदेश नदिएको हो । अब फिल्म प्रदर्शन गर्नका लागि बाटो खुल्ला भएको छ ।

चैत २१ गते उच्च अदालत पाटनले केशव पाण्डेको रिट निवेदनलाई आधार मानेर फिल्मको प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । जसले गर्दा फिल्म चैत २४ गते प्रदर्शनमा आउन सकेन । सम्भवतः अब फिल्म आगामी बैशाखको दोस्रो वा तेस्रो साता प्रदर्शन हुन सक्नेछ । फिल्म निर्धारित मितिमा प्रदर्शन नहुँदा निर्मातालाई ठूलो आर्थिक नोक्सानी भएको छ ।

prasad 2

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म विना अनुमति १० प्रतिशत स्वामित्व रहेको व्यक्ति (सुभाष थापा)ले रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले उच्च अदालत पाटनमा रिट निवेदन हालेका थिए । ‘प्रसाद २’को निर्माता बनाउँछु भनेर सुभाष थापाले ६२ लाख ५० हजार आफूबाट लिएको तर पछि अर्कै निर्मातासँग फिल्म बनाए पनि आफ्नो पैसा फिर्ता नगरेको पाण्डेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*