‘छक्का पञ्जा ४’ले ‘कबड्डी ४’को रेकर्ड तोड्दै ५१ दिन मनाउला ?

जनपत्र
२५ चैत्र २०७९, शनिबार १६:३९

फिल्मको हकमा प्रदर्शनको ५१औं दिन सफलताको मानक मानिन्छ । रिलबाट फिल्म खिच्ने जमानामा प्रदर्शनको ५१औं र सय दिन सामान्य मानिने गरिएको भए पनि डिजिटल युगसँगै यसको बेग्लै अस्तित्व र महत्त्व छ । स्वदेशी र विदेशी फिल्मको चुनौतीलाई झेल्दै ५१औं दिन मनाउनु आफैंमा महाभारतको युद्ध हो । यो युद्धमा यस वर्ष दुई फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष’ले सफलता पाए ।

अब ५१औं दिने यात्रामा गत फागुन १९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ छ । शुक्रबार ९आज०बाट छैठौं हप्तामा प्रदर्शन सुरु गरेको फिल्मले अझै पनि मल्टीप्लेक्सहरुमा राम्रो शो पाइरहेको छ भने सिंगल थिएटर पनि धेरै गुमाएको छैन । यसको एउटै मात्र कारण हो, फिल्म हेर्ने दर्शकको चाप घटेको छैन । बिना विदामा समेत फिल्मको अकुपेन्सी ४० प्रतिशतभन्दा माथि छ ।

एकसाथ भिडेको ‘छड्के २’ले दुई दिनमै हलमा दम तोड्नु, त्यसपछि प्रदर्शनमा आएका नेपाली फिल्म कमजोर निस्कनु र विदेशी फिल्मप्रति समेत दर्शक आकर्षित नहुँदा हलमा ‘छक्का पञ्जा ४’को उपस्थिति बलियो बनेको हो । अब यो फिल्मलाई डर भनेको आगामी हप्ता प्रदर्शनमा आउन लागेका चार नेपाली फिल्म हुन् । किनकी, बैशाख १ गतेका सबै फिल्म दर्शकमाझ प्रतिक्षीत छन् ।

‘छक्का पञ्जा ४’लाई ठूलो चुनौती ‘कबड्डी ४’को २२ करोडको रेकर्ड तोड्दै प्रदर्शनको ५१औं दिन मनाउनु मानिएको छ । वितरक मनोज राठीले तीन हप्तामा फिल्मले १८ करोड कमाएको दाबी गरेका थिए । तर, त्यसपछि कलेक्सन खुलाइएको छैन । के ‘कबड्डी ४’को रेकर्ड तोडिन सम्भव छ रु भन्ने प्रश्नमा राठीले अर्को हप्ता कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने भन्दै अहिले केही नबोल्ने बताए ।

‘कबड्डी’ र ‘छक्का पञ्जा’ समुहबीच एकखालको शितयुद्ध छ । देखावटी राम्रो सम्बन्ध भए पनि वास्तविकता ठीक विपरित छ । यी दुई समुहबीच फिल्मको व्यापारलाई लिएर सधैं प्रतिस्पर्धा हुने गरेको छ । यसैले ‘छक्का पञ्जा’ समुहलाई ‘कबड्डी ४’को ऐतिहासिक रेकर्ड तोडेर सर्वाधिक कमाई गर्ने पहिलो फिल्मको इतिहास बनाउनु पर्ने दबाब छ । ५१औं दिन त घिस्रिएर भए पनि पुग्न सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*