कैलाश गाउँपालिकामा लागेको ताला खुल्यो

मनहरी–मकवानपुरको उत्तरपश्चिम क्षेत्रमा अबस्थित कैलाश गाउँ कार्यपालिका कार्यालयमा लगाइएको ताला एक घण्टापछि खुलेको छ । स्थानीय भार्ता प्रहरी चौकीको रोहबरमा गाउँपालिका अध्यक्ष तथा वडाअध्यक्षहरु तथा कर्मचारीहरुको उपस्थितिमा ताला खोलिएको हो । नेपाली काँग्रेसले ताला लगाएको भनिए पनि कुनै ब्यानर, झण्डा तथा तथा लिखित दस्ताबेज बिना नै तालाबन्दी भएको पाइएको छ ।
‘केही संस्थागत पहिचान बिनाकै मानिसहरु आए र नाराजुलुस गर्दै ताला लगाए’, अध्यक्ष मुक्तानले भने–‘उहाँहरु के मागका लागि आउनु भएको हो भन्ने पनि लिखित रुपमा केही दिनुभएन ।’ ताला लगाएपछि दैनिक प्रशासनिक काममा बाधा परेको जानकारी जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जानकारी गराएर स्थानीय प्रहरीको समेत रोहबरमा कार्यपालिका कार्यालय सुचारु गरिएको अध्यक्ष मुक्तानले बताए । नेपाली काँग्रेसका क्षेत्रीय सभापति लोकबहादुर मुक्तानसहितको टोलीले तालाबन्दी गरेको बताइएको छ ।
उनी कैलाश गाउँपालिका अध्यक्षका पराजित उम्मेदवार समेत हुन् । कैलाश गाउँपालिकामा असारको पहिलो हप्ता नै गाउँसभाको प्रक्रिया सुरु गर्दा कार्यपालिका सदस्यहरुबीच केही असमझदारी कायम भएपछि बिषयगत शीर्षकहरुमा मात्र बजेट बिनियोजन भएको थियो । बिषयगत बजेटभित्र बुँदागत योजनाहरु समेटेर अन्तिम रुप दिनका लागि शुक्रबार दिउँसो गाउँसभामा प्रतिनिधित्व गर्ने सभासदहरुलाई छलफलकाका लागि बोलाइएको थियो । तर, छलफल सुरु हुनुअघि नै तालाबन्दी भएको अध्यक्ष मुक्तानले बताए । तालाबन्दी खोलिएसँगै सभासदहरुबीचको छलफल अघि बढ्ने उनले जानकारी दिए ।
Chat Conversation End